भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

Academics Events Notice Programs Uncategorized Up Coming Activities

 

रोल्पा जिल्लाको चिरपरिचित विद्यालय जनसेवा नमुना माध्यमिक विद्यालय परिवर्तन २ राङसी रोल्पाको आजको आवश्यकता, विद्यार्थीको चाहना र रोजाईलाई गुणस्तरीय प्राविधिक शिक्षाको माध्यमबाट परिपुर्ति गर्नको लागि CTEVT सानोठिमी भक्तपुरबाट सम्बन्धन प्राप्त गरी विगत चार वर्ष देखि कम्प्युटर इन्जिजियरिङ (१८ महिने), सिभिल इन्जिनियरिङ (३ वर्षे) र वन विज्ञान (३ वर्षे) कार्यक्रमहरु संचालन भइरहेका छन् । सिभिल इन्जिनियरिङ अध्ययनको
लागि अनिवार्य गणित र विज्ञानमा न्यूनतम ”सी” ग्रेड र अंग्रेजी विषयमा न्यूनतम “डी प्लस” ग्रेड प्राप्त गरेको र वनविज्ञान अध्ययन को लागि अनिवार्य अंग्रेजी, गणित, र विज्ञान मध्ये कुनै दुई वटा विषयमा न्यूनतम “सी” ग्रेड र कुनै एक विषयमा न्यूनतम “डी प्लस” ग्रेड प्राप्त गरेको र कम्प्युटर इन्जिनियरिङ अध्ययनको लागि जुनसुकै ग्रेड प्राप्त भएका इच्छुक विद्यार्थीहरुले आवेदन फाराम भर्न पाउनेछन् । साथै कक्षा ११ र १२ तर्फ विज्ञान, शिक्षा समेत रहेको पनि जानकारी
गराउदछौँ ।

“भर्ना मिति – २०७८/०४/३० देखि २०७८/०५/२३ गते सम्म (सिट सिमित छ समयमै भर्नाभई आफ्नो सिट सुरक्षित गर्नुहास् ।”

हाम्रा विशेषताहरु  :–
. प्रत्येक वर्ष सिभिल इन्जिनियरिङ र वन विज्ञान (३ वर्षे) मा ४८ कोटा र कम्प्युटर इन्जिनियरिङ (१८ महिने) मा ४० कोटा उपलब्ध भएको ।
२. कुशल, दक्ष तथा अनुभवी प्राध्यापकहरुद्धारा, अनुशासित शैक्षिक वातावरणमा पठनपाठनको उत्तम व्यवस्था भएको ।
३. सबै कार्यक्रमको लागि छुट्टाछ्ट्टै प्रयोगशाला फिल्डको व्यवस्था भएको ।
४. माशिक एकाई परीक्षा, र कमजोर विद्यार्थीहरुको लागि थप कक्षाको व्यवस्था भएको।
५. प्रोजेक्टर, स्मार्टबोर्ड र मिडास इन्टरनेट कक्षाको व्यवस्था भएको ।
६. कक्षाकोठा, पस्तकालय, प्रयाृगशाला, इन्टरनेट, शौचालय, खानेपानी, खेलमैदान, छात्रवास आदिको व्यवस्था भएको ।
७. गरीब, जेहेन्दार, द्धन्द पीडित, दुर्गम क्षेत्र तथा जिल्ला बाहिरबाट आउन विद्यार्थीहरुका लागि विशेष छात्रबृति र छात्रवबसको व्यवस्था ।

व्य.वि.स.अध्यक्षः ९८५७८७२२८२,९८४७९९७२८२
प्र.अ. :- ९८६८६०२५९५
प्रशिक्षकहरु :- ९८५७८३७१२३,९८४७९०३५५२,९८५४०२५१९, ९८४७८०४०१४