सत प्रतिसत नतीजा

समयको गतिसँग यस विद्यालयको तह पनि बृद्धि हुदै गयो जस अन्तर्गत वि.स.२०३३ सालमा श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय राङसी को रुपमा संचालन हुन थाल्यो र त्यसको करीव ६ बर्षको संचालन पछि राङसी लगायत छिमेकी गाँउ पञ्चायतहरुको पनि चन्दा सहयोगबाट माध्यमिक कक्षा संचालन भयो । माध्यमिक कक्षा संचालन गर्ने पहिलो प्रधानाध्यापक पाल्पाका श्री बुद्धराज बस्याल हुनुहुन्थ्यो जो केही बर्ष पहिले शिक्षा मन्त्रालयमा सचिव हुनुहुन्थ्यो ।

वि.स. २०४१/०४२ साल देखि पूर्ण माध्यमिक(तत्कालिन कक्षा १–१०) भई श्री जनसेवा माध्यमिक विद्यालय राङसी को रुपमा संचालन हुन लागेको हो भने वि.स.२०६५ सालमा कक्षा ११ र १२ (तत्कालिन +२) स्थापना भई हालसम्म रोल्पा जिल्लाको एउटा सफल विद्यालयको रुपमा स्थापित भएको छ भने शिक्षा तथा सामाजिक विकास निर्देशनालय, ५ नं. प्रदेश बुटवल द्वारा मिति २०७६/११/२१ गते यस विद्यालयलाई रोल्पा जिल्लाको नमूना विद्यालयको रुपमा घोषणा गरिएको छ ।