मेराे भनाइ

रोल्पा जिल्लाको दुर्गम स्थानमा परिवर्तन २ राङसी अवस्थित श्री जनसेवा माध्यमिक विद्यालय २०१७ सालमा प्राथमिक विद्यालयको रुपमा स्थापना भै २०३१ सालमा निम्न माध्यमिक विद्यालय,२०४२ सालमा माध्यमिक ,२०६५ सालमा तत्कालिन उच्च मा.वि.स्वीकती प्राप्त गरि हाल ऋत्भ्ख्त् बाट सम्बन्धन लिइ १८ महिने कम्प्यूटर इन्जिनियरीड.,३ बर्षे सिभिल इन्जिनिरीड र ३ बर्षे बन विज्ञान कक्षाहरु समेत संचालन भै रहेका छन । जुन व्यावसायिक तथा प्राविधिकि शिक्षा आजको आवश्यकता भन्ने नारालाई सार्थक तुल्याउन सहयोग गर्ने देखिन्छ ।

हालै प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय बुटबल रुपन्देहीबाट नमुना विद्यालयको रुपमा नमुना विद्यालय विकास कार्यक्रम स्वीकृती प्राप्त गरेको छ । करीव १०४८ घरधुरी संख्या रहेका रा ङसीमा प्रत्यक वर्ष करीव ७०० देखि १००० विद्यार्थी भर्ना हुने यस विद्यालयमा नेपाल सरकारबाट स्वीकृत प्राप्त पाठ्यक्रम अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइ संचालन भै रहेको छ । लगनशिल विद्यार्थी ,कर्तव्यनिष्ठ शिक्षक र जागरुक अभिभावक भएकोले हाम्रो विद्यालय योअवस्थामा आइपुग्न सफल भएको हो ।

बाल मैत्री वातावरण दण्ड रहित शिक्षा ,पूर्ण सरसफाई युक्त विद्यालय कक्षा कोठा मेरा विद्यालयको मुल ऐजेन्डा रहेको छ । २०६३ साल देखि प्रधानाध्यापक पदमा कार्यरत भएदेखि २४ घण्टा विद्यालय विकासको लागि प्रयत्नरत रहदा मेरो लागि १० बजे देखि ४ बजेको सरकारी समय मेरोलागि कुनै महत्व राख्दैन । विगतमा कार्यरत प्र.अ.र वि व्य.स. अध्यक्षहरुको ठुलो योगदान रहेका चर्चा गर्दै आगामी दिनमा अझ बढी सकृय रहनु पर्ने देखिन्छ । उच्चतम सिकाइ उपलब्धि प्राप्त गर्न सम्पुर्ण विद्यार्थीभाई बहिनीहरु, शिक्षक सहकर्मी मित्रहरु आदरणिय अभिभावकहरुमा इमान्दार, लगनशिल,तथा अनुशासित ढ्रंगले लाग्न अनुरोध गर्दछु ।

विज्ञान र प्रविधिको जमाना आधुनिक सुचना र प्रविधिको अत्यन्तै ठुलो महत्व रहेको यस अवस्थामा विद्यालयको वेभसाइट बनाउन पाउँदा निकै गर्व र खुसी महशुस गरेको छु । यसबाट सम्पुर्ण विद्यार्थी शिक्षक, शिक्षक अभिभावकहरु लाभान्वित हुनुहुने छ । अन्तमा विद्यालयको तर्फबाट सम्पुर्ण सरोकारवाहरुमा शुभकामना व्यक्त गर्दछु।

धन्यवाद !
भीम प्रकाश पुन मगर
प्रधानाध्यापक