टेकनोलजी मित्रवत

समयको गतिसँग यस विद्यालयको तह पनि बृद्धि हुदै गयो जस अन्तर्गत वि.स.२०३३ सालमा श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय राङसी को रुपमा संचालन हुन थाल्यो र त्यसको करीव ६ बर्षको संचालन पछि राङसी लगायत छिमेकी गाँउ पञ्चायतहरुको पनि चन्दा सहयोगबाट माध्यमिक कक्षा संचालन भयो । माध्यमिक कक्षा संचालन गर्ने पहिलो प्रधानाध्यापक पाल्पाका श्री बुद्धराज बस्याल हुनुहुन्थ्यो जो केही बर्ष पहिले शिक्षा मन्त्रालयमा सचिव हुनुहुन्थ्यो ।

वि.स. २०४१/०४२ साल देखि पूर्ण माध्यमिक(तत्कालिन कक्षा १–१०) भई श्री जनसेवा माध्यमिक विद्यालय राङसी को रुपमा संचालन हुन लागेको हो भने वि.स.२०६५ सालमा कक्षा ११ र १२ (तत्कालिन +२) स्थापना भई हालसम्म रोल्पा जिल्लाको एउटा सफल विद्यालयको रुपमा स्थापित भएको छ भने शिक्षा तथा सामाजिक विकास निर्देशनालय, ५ नं. प्रदेश बुटवल द्वारा मिति २०७६/११/२१ गते यस विद्यालयलाई रोल्पा जिल्लाको नमूना विद्यालयको रुपमा घोषणा गरिएको छ । साथै शैक्षिक सत्र २०७४ साल श्रावण देखि ऋत्भ्ख्त् अन्तर्गतको १८ महिने कम्प्युटर इन्जिनियरिङ्ग र यसै शैक्षिक सत्र २०७६ साल असोज देखि ३ बर्षे “वन विज्ञान” कक्षा संचालनको लागि ऋत्भ्ख्त् बाट सम्बन्धन पाएको छ ।

यो विद्यालय रोल्पाको शहिदमार्ग (दाङ घोराही—चुनवाङ रुकुम)मा पर्ने सिस्ने बजार देखि करीब ४ कि.मी. पुर्व माथितिर पर्छ । यहाँबाट दैनिक रुपमा गाडी(जीप)हरु रोल्पाको सदरमुकाम लिवाङ र दाङ घोराही सम्म जाने गर्छन् ।