प्रवेश तयारी युक्तिहरु

Academics Events Notice Programs Up Coming Activities

समयको गतिसँग यस विद्यालयको तह पनि बृद्धि हुदै गयो जस अन्तर्गत वि.स.२०३३ सालमा श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय राङसी को रुपमा संचालन हुन थाल्यो र त्यसको करीव ६ बर्षको संचालन पछि राङसी लगायत छिमेकी गाँउ पञ्चायतहरुको पनि चन्दा सहयोगबाट माध्यमिक कक्षा संचालन भयो । माध्यमिक कक्षा संचालन गर्ने पहिलो प्रधानाध्यापक पाल्पाका श्री बुद्धराज बस्याल हुनुहुन्थ्यो जो केही बर्ष पहिले शिक्षा मन्त्रालयमा सचिव हुनुहुन्थ्यो ।

वि.स. २०४१/०४२ साल देखि पूर्ण माध्यमिक(तत्कालिन कक्षा १–१०) भई श्री जनसेवा माध्यमिक विद्यालय राङसी को रुपमा संचालन हुन लागेको हो भने वि.स.२०६५ सालमा कक्षा ११ र १२ (तत्कालिन +२) स्थापना भई हालसम्म रोल्पा जिल्लाको एउटा सफल विद्यालयको रुपमा स्थापित भएको छ भने शिक्षा तथा सामाजिक विकास निर्देशनालय, ५ नं. प्रदेश बुटवल द्वारा मिति २०७६/११/२१ गते यस विद्यालयलाई रोल्पा जिल्लाको नमूना विद्यालयको रुपमा घोषणा गरिएको छ ।

साथै शैक्षिक सत्र २०७४ साल श्रावण देखि ऋत्भ्ख्त् अन्तर्गतको १८ महिने कम्प्युटर इन्जिनियरिङ्ग र यसै शैक्षिक सत्र २०७६ साल असोज देखि ३ बर्षे “वन विज्ञान” कक्षा संचालनको लागि ऋत्भ्ख्त् बाट सम्बन्धन पाएको छ ।

यो विद्यालय रोल्पाको शहिदमार्ग (दाङ घोराही—चुनवाङ रुकुम)मा पर्ने सिस्ने बजार देखि करीब ४ कि.मी. पुर्व माथितिर पर्छ । यहाँबाट दैनिक रुपमा गाडी(जीप)हरु रोल्पाको सदरमुकाम लिवाङ र दाङ घोराही सम्म जाने गर्छन् ।